हेडलाईनसमाचारगण्डकी

लमजुङ प्रहरी द्धारा विशेष सुरक्षा व्यवस्था

•विजय अधिकारी । (संवाददाता) लमजुङ , १६ कात्तिक २०८१ शुक्रबार । जिल्ला प्रहरी कार्यालय लमजुङले उज्यालोको पर्व दिपावलीलाई मर्यादित र सुरक्षित पार्न लमजुङ जिल्ला भित्र विशेष सुरक्षा टोलीहरु परिचालित गरिएको जनाएको छ


समग्र लमजुङ जिल्लाको शान्ति सुरक्षालाई व्यवस्थित र मर्यादित पार्न ४ पाङ्ग्रे सवारी साधन ७ वटा‚ २ पाङ्ग्रे सवारी साधन २९ वटा र सादा पोशाकमा प्रहरी कर्मचारीहरु परिचालित गरि शान्ति सुरक्षालाई सुदृढ पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तबले प्रहार समाचारलाई जानकारी दिए।

उनका अनुसार नागरिकहरुको शान्ति सुरक्षा प्रति सजक भई प्रहरी परिचालन गरिएतापनि कानुन द्धारा निशेधित वा आपत्तिजनक काम कारबाही भए गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराईएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button