हेडलाईनसमाचारप्रदेश

गुडिरहेको गाडीमा आफै लाग्यो आगो

• विजय अधिकारी ( संवाददाता ) । प्रहार समाचार । दाङ, १५ कात्तिक २०८१ बिहीवार ।  दाङको सल्यानमा गुडि रहेको गाडीमा आफै आगो लागेको छ ।

बाँकेको नेपालगञ्ज बाट रुकुम पश्चिमको चौफा तर्फ जाँदै गरेको भे १ ख ३७५० नम्बरको गाडीमा बुधवार बेलुकी ६ बजे तिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय   प्रमुख प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए ।

थारमारे दर्मा जोडने सडक खण्ड अन्तर्गत बागचौर नगरपालिका वडा नम्बर १ चारखोला नजिकै गुडि रहेको गाडीमा आगो लागेको थियो । आगोले गाडी जलेर नस्ट भएको छ ।  आगलागी भए पछी सबै यात्रु सकुशल बाहिर निस्कन सफल भए पनि उनिहरुको सामान जलेर नष्ट भएको र गाडीमा २९ जना यात्रु सवार रहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button