हेडलाईनसमाचारगण्डकीस्वास्थ्यसूचना प्रविधि

मध्यनेपाल न.पा.मा बजार अनुगमन : अखाद्य तथा मिति सिद्धिएका वस्तुहरु बरामत

• विजय अधिकारी ( संवाददाता ) । प्रहार समाचार । लमजुङ, १५ कात्तिक २०८१ । लमजुङको मध्यनेपाल नगरपालिकाका अधिकांश किराना पसलहरुमा अन्तशुल्क ईजाजत विनानै मदिरा र सुर्तीजन्य पदार्थ साथै म्याद नाघेका सामान विक्री वितरण गरेको पाईएको छ ।


मध्यनेपाल नगरपालिकाको भोर्लेटार,दुईपिप्ले र सोतीपसल क्षेत्रमा बजार अनुगमन गर्दा यस्तो पाईएको बजार अनुगमन टोलिका प्रमुख घरेलु  तथा उद्योग कार्यालय लमजुङका प्रमुख अकल बहादुर सिंजापतीले जानकारी दिए । उक्त बजार क्षेत्रका ३० वटा किराना पसलमा अनुगमन गर्दा अन्तशुल्क ईजाजत विना नै मदिरा र सुर्तीजन्य पदार्थको बिक्रीवितरण गरिएको   पसललाई पहिलो पटक सामान्य जरिवाना समेत गरिएको छ ।


त्यसैगरी केही किराना पसलमा म्याद नाघेका सामानहरु पनि बिक्रीवितरणका लागि राखेको पाईएको र त्यस्तो सामान फेला परेको पसललाई म्याद नाघेको सामानको अवस्था हेरि प्रती पसल २ हजार देखि ५ हजार सम्म जरिवाना गरिएको छ । म्याद नाघेको सामानहरुलाइ सम्बन्धित पसल धनी र अनुगमन टोलिको रोहवरमा नस्ट गरिएको  छ । म्याद नाघेको सामान फेला परेको पसलहरुमा अधिकाम्श धुलो मसलाहरु रहेको अनुगमन समितिका सदस्य जिल्ला  प्रशासन कार्यालयका प्रतिनिधि दिनानाथ अधिकारीले प्रहार समाचारलाई बताए ।


अनुगमन टोलिमा घरेलु तथा उद्योग कार्यालय लमजुङका प्रमुख अकल बहादुर सिंजापती , जिल्ला प्रशासन कार्यालय लमजुङका प्रतिनिधि दिनानाथ अधिकारी,उद्योग वाणिज्य संघका प्रतिनिधि,सुरक्षाकर्मी र पत्रकार रहेका थिए । लमजुङको मध्य नेपाल नगरपालिका क्षेत्रमा गरिएको बजार अनुगमन बाट ३५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button