हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसमा निशुल्क स्वास्थ परिक्षण तथा औषधि बितरण

प्रहार समाचार । तनहुँ, १५ कात्तिक २०८१ बिहिबार । धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका बिच  मनाइएको छ।

जिल्ला आयुर्वेद स्वास्थ केन्द्र तनहुँको आयोजना एवं नेपाल आयुर्वेद औषधि व्यवसायी संघ जिल्ला शाखा तनहुँको सह- आयोजनामा हिंजो  व्यास नपा वडा नं १, चारकुनेमा रहेको जलेश्वर जेष्ठ नागरिक दिवा आश्रमका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ परिक्षणगरि औषधि बितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै  व्यास १ का वडा अध्यक्ष रमेश चन्द्र हड्खलेले धनवन्ती जयन्ती र आरोग्य दिवसका अवसामा जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य पीक्षण गर्नु राम्रो काम भएको बताए । त्यस अवसरमा  डाक्टर नारायण श्रेष्ठले धनवन्तरी जयन्ती र आरोग्य दिवसको महत्वमाथि प्रकाश पारेका थिए ।

त्यस अबसरमा जिल्ला आयुर्वेद स्वास्थ केन्द्रका प्रमुख डा. नारायण श्रेष्ठ तथा डा. किरण पौडेलले जेष्ठ नागरिकहरुको स्वास्थ परिक्षण गरेका थिए। कार्यक्रममा औषधि व्यवसायीको तर्फबाट सचीव माधव गिरी र कोषाध्यक्ष किसोर पन्त , स्वास्थ केन्द्रका वरिष्ठ वैद्य निरीक्षक द्वय सोमकान्त पौडेल र भोजहरी रानाभाटको पनि सहभागिता रहेको थियो।  आश्रमका अध्यक्ष गणेश जिसिको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button