हेडलाईनसमाचारबागमती

बाढि र पहिरोको बितण्डा : काठमाडौं उपत्यकामा नै गयो   ३२ जनाको ज्यान : १२ जना बेपत्ता

प्रहार समाचार । १२ असोज २०८१ शनिबार ।  बिगत तीनदिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले राजधानी काठमाडौंमा मात्रै ३२ जनाको ज्यान लिएको छ।

 

बाढी र पहिरोमा परेर काठमाडौंमा ११ जना, ललितपुरमा १६ जना र भक्तपुरमा ५ जना गरी जम्मा ३२ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।

यस्तै, काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते छन् ।

बाढी-पहिरोमा फसेका काठमाडौंका ५ सय ८९ जना, ललितपुरका ४ सय १६ जना र भक्तपुरमा ४८ जना गरी १ हजार ५३ जनाको सकुसल  उद्धार गरिएको छ भने काठमाडौंमा  एक जना र ललितपुरमा ११ जना बेपत्ता भएको एसएसपी घिमिरेले जनाए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button