प्रहार समाचार । तनहुँ १२ असोज २०८१ शनिवार । तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं ७ मा रहेको ऋषिङ्ग युवा कल्याण क्लबले दशै लक्क्षित राहत सहयोग सामाग्रीहरु वितरण गरेको छ।

सामाजिक उत्तर दायित्व अन्तरगत क्लबले निम्न आय भएका सदस्यहरुलाई दशैमा राहत उपलब्ध गराएको क्लबका अध्यक्ष लाल बहादुर आलेले बताए । उनका अनुसार प्रती परिवार २ हजार ७ सय बराबरको खाद्यान्नको प्याकेज अनुसार १३ घर परिवारलाई करिब ३५ हजार बराबरको खाद्यान्न बितरण गरेको हो ।

देउसी भैलो तथा बैदेशिक रोजगारमा रहेका युवाहरुले गर्ने सहयोग बाट संकलित रकमको व्याजबाट प्राप्त हुने रकम बाट क्लबले बिपन्न , उपचार गर्न नसकेका विरामीहरुलाई सहयोग गर्ने गरेको बताइएको छ। क्लबले यस अघि आफ्नो कार्यक्षेत्र रहेको स्थानभित्र भबितब्य रुपमा हुने मृत्युकर्मको शबयात्रामा परिवारबाट नगद माला लगाईदिँदा बिपन्न परिवारमा पर्न सक्ने हिनताबोधका कारण उक्त कार्य पुर्ण रुपमा बन्देज गराउँदै एक उदाहरणिय सामाजिक कार्य गरेको स्थानिय समाजसेवी दान बहादुर श्रेष्ठले प्रहार समाचारलाई बताए ।

























