प्रहार समाचार । तनहुँ १२ असोज २०८१ शनिवार । बिगत तीन दिन देखि परेको निरन्तर झरिका कारण ऋषिङ्ग-८ निवासी बिन्दु कुमार श्रेष्ठको घर भत्किएको छ ।

घर भत्किए सङ्गै घरमा रहेको बाख्राको गोठ समेत पुरीदा दुई वटा बख्रा मरेका छन् भने एउटा बाख्राको जिउँदै उद्दार गरिएको स्थानिय समाजसेवी दान बहादुर श्रेष्ठले बताए ।
कुमारी बैंक अगाडि रहेको श्रेष्ठको घर पुर्ण रुपमा भत्किएको र कुनै मानविय क्षती भने नभएको बताईएको छ।

























