हेडलाईनव्याससमाचारगण्डकी

लियो क्लब अफ तनहुँले कारागार कार्यालयको चमेनागृह सुधारकालागि टायल हस्तान्तरण

प्रहार समाचार । तनहुँ ११ भदौ २०८१ शुक्रबार । लियो क्लब अफ तनहुँले व्यास ३ दमौलीमा रहेको कारागार कार्यालयको चमेनागृह सुधारकालागि आवस्यक पर्ने टायल र सिमेन्ट हस्तान्तरण गरेको छ।

टायल्स हस्तान्तरण गर्दै   लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका पूर्व गभर्नर एवं गण्डकी प्रदेश सदस्य अशोक कुमार श्रेष्ठले यस्ता कार्यक्रमले लायन्स क्लबको सेवा गर्ने भावम झन बृद्धि हुने बताउँदै सेवा भावमा लाग्नु नै मानव हुनुको औचित्य पुष्टि हुने कुरा बताए ।

कार्यक्रममा ब्यास न.पा. ३ नम्बर वडाका अध्यक्ष अनुप राना, कारागार कार्यालय प्रमुख नारायण अधिकारी साथै दमौली भित्र रहेका विभिन्न लायन्स क्लब तथा लियो क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । क्लबका प्रथम उपाध्यक्ष रोबिन श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्लबका कोषाध्यक्ष प्रकाश गुप्ताले आवस्यक पर्ने टायल सहयोग गरेका थिए । कार्यक्रममा  २२ पेटि टायल र ५ बोरा सिमेन्ट हस्तान्तरण गरेको क्लबका सचिब मुकेश बिडारीले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button