प्रहार समाचार । ११असोज २०८१ शुक्रबार ।अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडकखण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश्वर रिमालले आज र भोली यस सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए । उनले बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको रिमालले बताए । अत्यावश्यक सवारी साधनबाहेक अन्यलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने रिजालले जानकारी दिए ।
यसै बीच अविरल वर्षाका कारण देवघाटमा नदीले सतह भन्दा माथि पार गरेको छ। भक्तजनहरूले नुहाउने तनहुँ तर्फको भाग तथा चितवन भरतपुरतर्फको भागको सतह पार गरेको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । निरन्तर पानी परिरहेकाले नदि अझ माथि आउने जोखिम बढेको छ।

























