हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

नागढुङ्गा-नाैबिसे सडक सहित देशका एक दर्जन  बढि सडकअवरुद्ध : जनदीवन कष्टकर बन्दै

प्रहार समाचार । तनहुँ ११ असोज २०८१ शुक्रबार । बिहीबार रातिदेखि देशभर परेको  अविरल वर्षा संङ्गै आएको बाढि र पहिरोले देश भरका  दर्जन बढि राजमार्गहरु अबरुद्ध हुन पुगेको छ। सडक अबरुद्ध भए संङ्गै जनजिवन समेत  प्रभावित हुन पुगेको छ ।

सडक माथिबाट लेदो झर्न थालेपछि नागढुङ्गा-नाैबिसे सडक अवरुद्ध भएको छ। नागढुङ्गा-नाैबिसे सडक खण्डको सुरुङ मार्ग क्षेत्रको सडकमा लेदो सडकमा खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै राजधानी भित्रने र राजधानीबाट बाहिरिने सवारी साधनको लाम लागेको छ ।
बाग्मती प्रदेशमा ६ ठाउँमा सडक अवरोध पुर्‍याएको छ भने दुईवटा राजमार्ग दुईतर्फी नै बन्द गरिएको बाग्मती प्रदेशका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
उनकाअनुसार, हेटौंडा–काठमाडौंको राजमार्ग सडकमा ढुंगामाटो खसेर सडक अवरूद्ध भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सुकौरामा पहिरो खसेपछि दुवैतर्फ सवारीसाधन आवतजावत हुन सकेका छैनन्।

उता सिन्धुलीको मध्यपहाडी लोकमार्गको दुईतर्फी सडक अवरूद्ध भएको छ। गोलन्जोर गाउँपालिका वडा नम्बर ६ मा स्थित सडकमा ढुंगामाटो खसेर दुईतर्फी सडक अवरूद्ध भएको उनले बताए।

त्यस्तै काभ्रेको रोशी गाउँपालिका– ८ चारसयबेँसीस्थित बिपी राजमार्ग सडक खण्डमा लेदोसहितको पहिरो आएको छ।
दुईबतिर लोदोसहितको माटो ढुंगा खसेर पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।

त्यसै गरि धादिङको धुनवेशी नगरपालिका-९ पहिरोले सडक दुईतर्फै बन्द छ। भने, मकवानपुरको इन्द्रसरवर गाउँपालिका-३ मा पहिरो जाँदा सिस्नेरी दक्षिणकाली सडकखण्डपनि दिउँसो साढे १ बजेदेखि पूर्ण रूपमा बन्द छ। 

उता बाग्मतीपछि सबैभन्दा बढी सडक अवरूद्ध लुम्बिनी प्रदेशमा छ। लुम्बिनी प्रदेशमा शुक्रबार दिउँसो दुईबजेसम्म तीनवटा सडक दुईतर्फी बन्द भएको छ ।
बाग्मतीपछि सबैभन्दा बढी सडक अवरूद्ध लुम्बिनी प्रदेशमा छ। लुम्बिनी प्रदेशमा शुक्रबार दिउँसो दुईबजेसम्म तीनवटा सडक दुईतर्फी बन्द भएको छ ।
कपिलबस्तुको शिवराज नगरपालिका–१ मा पहिरो खसेकाले पूर्वपश्चिम राजमार्ग बिहानदेखि पूर्णरूपमा बन्द छ। त्यहाँको पहिरो पन्छ्याउने काम भइरहेको छ।

त्यस्तै, अर्घखाचाँखी नगरपालिका वडा नम्बर ६ मा स्थित सन्धिखर्क खडक खण्डमा पहिरोले सडकमा सवारी आवतजावपत पूर्ण बन्द छ। भने गुल्मी सत्यवती गाउँपालिका वडा नम्बर ६ मा रूद्रबेनी खोलामा पानीको बहाव बढेकाले लोकमार्ग अर्थात गुल्मी सडक खण्ड अवरूद्ध भएको एसएसपी श्रेष्ठले जानकारी दिए।

मौसमविद्हरूले आइतबार रातिसम्म वर्षाको सम्भावना औंल्याएका छन्। भारी वर्षा हुने सम्भावना रहेकाले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रीबस नचलाउन आग्रह गरिएको छ। यो क्रम अझै आइतबारसम्मै रहने मौसमविद्ले बताएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button