प्रहार समाचार । तनहुँ ११ असोज २०८१ शुक्रबार । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैह्रेले तरकारी पसलका एक व्यवसायीको पसल बन्द गरिदिने धम्की दिएका छन्।

व्यास नगरपालिकाको वडा नं ३ तरकारी लाईनका व्यापारी विजय पौडेललाई पत्र काटेर बोलाउँदा नआएपछि यस्तो स्थिति सृजना भएको हो । नगर प्रहरी लगाएर कार्यालयमा ल्याइ पसलको सामान नगरपालिकाको ट्याक्टरमा उठाई पसल बन्द गरिदिने धम्की दिएको तरकारी व्यापारी पौडेलले प्रहार समाचारलाई बताए । ‘हामीले तिरेको करबाट तलब भत्ता खाने नगरका हाकीमले मुख छाडेर पसल बन्द गरि दिन्छु भन्न मिल्छ ? ‘- व्यापारी पौडेलले प्रतिप्रश्न गरे । ‘पसल बन्द गरिदिएपछि मेरो बैङ्को व्याज कस्ले तिरीदिने ? परिवार कसरी पाल्ने? ‘ – उनेले भने ।
नगरपालिकाले गत हप्ता व्यापारी पौडेललाई प्लाष्टिकको झोला बिक्री बितरण नगर्ने भनेर छलफलका लागि पत्र पठाएको थियो । छोरी बिरामी भएकाले पौडेल आउन नसकेको विषयलाई लिएर आफूमाथि प्रमुख प्रशासकिय अधिकृत गैह्रेले ‘ पत्र पठाउँदा किन नआएको ? तँ को होस् ? तेरो पसलको सामान उठाएर नगरपालिकाको ट्याक्टरमा हालेर पसल बन्द गरिदिन्छु ठूला कुरा गर्छस् ‘ भन्दै धम्क्याएको व्यापारी पौडेलले बताए ।
यस सम्बन्धमा प्रमुख प्रशासकिय अधिकृत गैह्रेसङ्ग सम्पर्क गर्दा नगरपालिकाले तरकारी पसलाई व्यवस्थित तथा प्लाष्टिक झोलामुक्त बनाउन पत्र काटेर बोलाउँदा पनि पौडेल नआएपछि नगर प्रहरी लगाएर कार्यालयमा बोलाई सोधपुछ गरेको बताए । प्रमुख प्रशासकिय अधिकृत गैह्रेले अफिसमा आएर चर्को कुरा गर्न थालेपछि नगर प्रहरी लगाएर आफूले कार्यालयबाट बाहिर निकाल्न भनेको बताए । ‘अब नगरपालिका नियम अनुसार अगाडी बढ्छ । ‘ उनले थपे ।
उता नगर प्रहरीले तरकारी पसलका व्यापारी हरुमाथी तरकारी उठाउने, बिना अनुमति काउन्टरसम्म गएर झोला जफत गर्ने जस्तो अत्याचार गरेको अर्का एक व्यापारीले सुनाए ।
यता व्यास नगरपालिकालाई गत जेष्ठ १ गतेबाट प्लास्टिक झोलामुक्त तुल्याउने अभियानमा लागेको भएता पनि व्यापारी हरुलाई प्लाष्टिकका झोलाको उपयुक्त बिकल्प र तयारी बिना नै यो अभियान सुरुगोपछि बिबाद उत्पन्न भएको बताइन्छ ।
अभियानलाई गत जेठ १ गतेदेखि कडाइका साथ लागू गर्न व्यास नगरपालिकाले प्लाष्टिकमुक्त अभियानसम्बन्धी कार्यविधि, २०८१ समेत पारित गरिसकेको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

प्लाष्टिक झोला प्रयोगकर्तादेखि उत्पादकसम्मलाई जरिवाना शुल्क निर्धारण गरिएको नगरपालिकाका वन तथा वातावरण समिति संयोजक रनसिंह नेपालीले जानकारी दिए ।

नेपाली आफू यो अभियान लाई साकार पार्न लागि परेतापनि व्यास नगर प्रशासनको उच्च दक्षता ,क्षमता , मनोबोल ,गतिशीलता , तदारूपतामा कमि भएकोले उत्साह ताकासाथ अगाडी बढ्न समस्या परेको बताउँछन् । नेपालीले थपे – ‘ ढिलासुस्ती , कार्यालयभित्र अन्तरव्यक्ति र अन्तरशाखामा अभ्यस्त नभएको तथा कर्मचारीको व्यावसायिक क्षमतामा कमी देखिएकोले सोचेजति परिणाम निस्कन नसकेको बताउँछन् । ‘कर्मचारीमा व्यावसायिक ज्ञान, सिप तथा कौशलको कमीकाकारण पनि कार्य सम्पादनमा परिणाम नदेखिएको हो । ‘ उनले थपे ।
























