• विजय अधिकारी । (संवाददाता ) ११ असोज २०८१ । लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर -३,गाउँशहरमा रहेको लमजुङ माध्यमिक विद्यालयमा पढ्ने चारजना विधार्थी अरिङ्गाले टोकेर घाइते भएका छन् ।

लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर -५,बाख्रेजगत बाट बेसीशहर वडा नम्बर -३,गाउँशहरको लमजुङ माध्यमिक विद्यालयमा पढ्न आउने चारजना विधार्थीलाई विद्यालय आउदै गर्दा बाटोमा हिंजो अरिङ्गालले टोकेर घाइते बनाएको विद्यालयका शिक्षक श्रीभद्र अधिकारीले प्रहार समाचारलाई जानकारी दिए ।
शिक्षक अधिकारिका अनुसार-घाइते हुने विद्यार्थीहरुमा बाख्रेजगतकी १० बर्षकी करुणा गुरुङ , १३ बर्षकी सगिता तामाङ,१२ बर्षकी अन्जना तामाङ र १३ बर्षकी रिना गुरुङ रहेका छन् ।
उनीहरुलाई अरिङ्गालले बाटोमा हिडिरहेको बेला एक्कासी टाउको,छाती, लगायत शरीरको विभिन्न भागमा टोकेको थियो र घाइते सबै विद्यार्थीलाई समयमै उद्दार गरि उपचारका लागि लमजुङ अस्पताल ल्याइएको थियो । बताए । चारैजना विद्यार्थीको अवस्था सामान्य रहेको र उपचार भइरहेको अस्पतालका मेडिकल अधिकृत जनक ढकालले जानकारी दिए ।
























