हेडलाईनसमाचारप्रदेश

स्व . छोरा देवविक्रम खतिवडाको नाममा अक्षयकोष स्थापना

प्रहार समाचार । तनहुँ ९ असोज २०८१ बुधबार । शैक्षिक र सामाजिक क्षेत्रका एक अभियन्ता हाल परमानन्द संस्कृत गुरुकुल विद्यापीठका नेपाली विभागाध्यक्ष पुष्पराज खतिवडा र धर्म पत्नि जमुना भट्टराई (खतिवडा) ले दिवंगत भएका छोरा  देवविक्रम खतिवडाको नाममा अक्षययकोष स्थापना गरेका छन् ।

खतिवडा दम्पतीले तनहुँको  देवघाटधाममा रहेको परमानन्द संस्कृत गुरुकुल विद्यापीठमा एक लाख एक हजार एक सय एघार  र जन्मथलो  झापामा रहेको  आदर्श माध्यमिक विद्यालय जयपुरमा एक लाख एक हजार एक सय एघार रुपैयाँको  ‘देवविक्रम स्मृति पुरस्कार अक्षयकोष स्थापना गरेका हुन्।

खतिवडा दम्पतीले देवघाटधाममा रहेको परमानन्द संस्कृत गुरुकुल विद्यापीठमा एक लाख एक हजार एक सय एघार  र झापामा रहेको  आदर्श माध्यमिक विद्यालय जयपुरमा एक लाख एक हजार एक सय एघार रुपैयाँ  हस्तानतरण गरि अक्षयकोषको स्थापना गरेको विद्यालयले जनाएको छ।

प्रणघातक रोग क्यान्सरका कारण यही २०८१ असार १४ गते छोरा देवविक्रम खतिवडाको दुःखद् निधन भएको थियो । दिवङ्गत छोराको सम्झनामा  जेहेन्दार विद्याथीको शैक्षिक उन्नयनमा सहायोग पुगोस् भन्ने हेतुले  अक्षय कोष स्थापना गरिएको खतिवडा दम्पतीले बताए । अक्षयकोषको बर्षक व्याजबाट परमानन्द संस्कृत गुरुकुल विद्यापीठ देवघाटमा शास्त्री तहमा अध्ययन गर्ने विद्यार्थीमध्ये ऎच्छिक नेपाली विषयमा सर्वोकृष्ट अङ्क ल्याउने एकजनालाई  पुरस्कार दिने र झापामा रहेको  आदर्श माध्यमिक विद्यालय जयपुरमा कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा १० मा अध्ययनरत दुई जना जेहेन्दार विद्यार्थीलाई  पुरस्कार दिने छ।

स्व .देवविक्रम खतिवडा

पुष्पराज खतिवडाले दमौलीमा स्थित पराशर कलेजमा १९ वर्षसम्म प्राध्यापन गरिसक्नु भएको र हाल प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष रहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button