हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

नेपाली कांग्रेसको १०० दिने अभियान तनहुँमा सुरु

प्रहार समाचार । तनहुँ ९ असोज २०८१ बुधबार । नेपाली कांग्रेसको १०० दिने अभियान सुरु भएको छ। नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिहरू र नेपाली कांग्रेसका विभिन्न तहका पदाधिकारीहरू बीच तनहुको सदरमुकाम दमौलीमा हिजो एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो।


कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले . नेपाली कांग्रेसले जनताका प्रत्यक्ष सरोकारका विषयमा गम्भीरताका साथ अगाडी बढ्दै सांगठनी विस्तारमा इमान्दारिताका साथ सश्चिएर अगाडी बढ्न आग्रह गरे ।

नेपाली कांग्रेस विकास निर्माण तथा स्थानीय तह समन्वय शाखा र संगठन शाखा तनहुँको आयोजनामा भएको उक्त कार्यक्रममा अभियानका लागि जिल्लामा खटिएर आएका जिल्ला प्रतिनिधि अजय बाबु शिवाकोटी , केन्दीय सदस्य ध्रुव वाग्ले  , संविधान सभा सदस्य रामचन्द्र पोख्रेल , गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ  , पूर्व सदस् सरीत गुरुङ ,  निवर्तमान पार्टी सभापतिहरु रघुनाथ पौडेल , बैकुण्ठ न्यौपाने , उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ ,  व्यास नगर सभापति सूर्यचन्द्र हड्खले , देवघाट गाउँपालिकाका सभापति तिलबहादु थापा लगायत अन्य पालिकाका सभापति तथा स्थानिय तहका प्रमुख उपप्रमुख लगायत दुई दर्जन बढि नेताहरुले आन्तरिक संगठन र गतिशील बनाउने उपाय  , क्रियाशील सदस्यता नविकरण , बजेट बिनियोजन पहुँचका आधाला नभाई सम्बन्धित क्षेत्रको आवश्यकताका आधारमा हुनुपर्ने लगायतका  सुझाब राखेका थिए ।


कांग्रेसको १०० दिने अभियान आगामी पुस १६ गते सम्म चल्ने बताइएको छ। कार्यक्रम गण्डकी प्रदेशका पूर्व मन्त्री एवं नेपाली कांग्रेस तनहुँका सभापति जित प्रकाश आलेको सभापतित्वमा भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button