हेडलाईनसमाचारप्रदेश

राजेन्द्र महतोले घोषण गरे नयाँ पार्टी

प्रहार समाचार । काठमाडौं १ असोज २०८१ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले अन्ततह आज  पार्टी घोषणा गरेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले विधिवत रूपमा  पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन् । 

महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ । लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए । पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button