प्रहार समाचार । तनहुँ १ असोज २०८१ मङ्गलवार । तनहुँ सेवा समाज युएईको चौथो महाधिबेशन सम्पन्न भएको छ ।
समाजका प्रमुख संरक्षक दिपक खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सस्थाका बरिष्ट उपाधक्ष्य कल्पना रिमाल , एन आर एन ए युएइका अधक्ष्य बिकाश शाही, नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्याल, विभिन्न बैचारिक सघ संगठनका प्रतिनिधि तथा समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तनहुँ सेवा समाज युएई ले २०२२ /०२४ कार्यकालमा आयोजना गरिएका विभिन्न कार्यक्रममा नैतिक, आर्थिक तथा भौतिक सहयोग गरी तनहुँ सामाज तथा आम नेपाली जनसमुदायको जीवन रक्षा , राहत तथा उद्दार कार्यमा बिशेष सहयोग पुऱ्याएका एनआर यन युएइका अधक्ष्य बिकाश शाही , त्यसै गरी नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्याललाई सम्मान गरिएको थियो ।
यसै क्रममा सस्थाका पदाधिकारी तथा तनहुँ सेवा समाज युएईका शुभचिन्तकहरुलाई पनि सम्मान गरिएको थियो । त्यस अवसरमा राजु तिमिल्सिनाको अध्यक्षतामा २९ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। समितिको वरिष्ट उपाध्यक्षमा कृष्ण सुनार , गणेश बस्नेत अपिल भट्टराइ , सुरिन भुजेल , अमर राज पन्थी चयन भएका छन्। यसै गरि महिला उपाधक्ष्यमा श्रीमती अनिता अधिकारी चयन भएकी छन् भने महासचिबमा दिपेन्द्र पौडेल सचिबमा रमेश गोदार , जितेन्द्र कार्की , प्रवक्तामा ज्ञानु शाही , कोषाध्यक्षमा ईश्वर अधिकारि , सहकोषाध्यक्ष बिष्णु कार्की , महिला संयोजकमा सरिता न्यौपाने ,युवा संयोजकमा योग नारायण अधिकारी, खेलकुद संयोजकत्वमा मिलन चन्द ठकुरी चयन भएका छन् । त्यसै गरी केन्द्रीय सदस्यमा नेत्र लामिछाने, इन्दु पोख्रेल , किशोर पाण्डे , शिव श्रेष्ठ , रामजी बानिया, बिक्रम थापा, रश्मि आले , बिकाश मिश्र तथा मिनराज श्रेष्ठ चयन भएका निर्बाचन समितिका संयोजक अम्मर रानाभाटले बताए ।
त्यस अवसरमा लांघाली पञ्चे बाजा समूहले पञ्चे बाजाद्वारा नया कार्यसमितिलाई स्वागत तथा पुरानो कार्य समितिलाइ बिदाइ गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सुदिप कार्कीको सभापतित्वमा सम्पन्न भएको उपाधक्ष्य गणेश बस्नेतले बताए ।






















