हेडलाईनसमाचारप्रदेश

स्थानिय तह भ्रष्टाचारको अखडा बन्दै : वडा अध्यक्षलाई ९ महिना कैद

प्रहार समाचार ! मोरङ १ असोज २०८१ मङ्गलवार । पछिल्लो समय  स्थानिय तहमा दिन प्रदिदिन भ्रष्टाचार बढ्दै जान थालेको छ। यसका कारण स्थानिय तहहरु भ्रष्टाचारको अखडा बन्न पुगेका छन् ।

यसैको पछिल्लो उदाहरण हो मोरङको रतुवामाई नगरपालिका–६ वडा कार्यालय । यस वडा कार्यालयका  वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । आफ्नै श्रीमती   भक्तकुमारी  लुईटेलको  नागरिकता बनाउन सरकारी कागजात किर्ते गरेको मुद्दामा उनी दोषी ठहर भएका हुन् । 

श्रीमतीको उमेर बढाएर सामाजिक सुरक्षा भत्ता अपचलन गरेको अभियोग लुईटेलमाथि थियो । सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३२ गते दायर गरेको मुद्दामा विशेष अदालतले वडाध्यक्ष लुइँटेललाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रितेन्द्र थापाको संयुक्त इजलासले वडाध्यक्ष लुइँटेललाई भ्रष्टाचार निवारण ऐन २०६९ को दफा ९ र दफा १७ बमोजिम ९ महिना कैद र १ लाख ६० हजार रुपैयाँ जरिवाना तोकेको छ । 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button