हेडलाईनसमाचारप्रदेशखेलकुद

महानगरले  सम्मान गऱ्यो तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई

प्रहार समाचार । काठमाडौँ १९ भदौ २०८१ बुधवार । काठमाडौं महानगरले फ्रान्सको राजधानी पेरिसमा जारी पारालिम्पिक २०२४ मा इतिहास रच्दै कांस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ

महानगरका प्रमुख बालेन शाह र उपमेयर सुनिता डङ्गोलले  नगद पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेका हुन् । त्यस्तै पलेशाका प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । उनलाई महानगरले ३ लाख नगदसहित सम्मान गरेको हो ।

पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा बुधवार नेपाल​ आइपुगेकी हुन् । ऐतिहासिक पदक लिएर स्वदेश फर्किएकी उनलाई बुधवार काठमाडौंमा ‘नगर परिक्रमा’ गराइएको थियो । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button