हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

शुक्लागण्डकीमा स्वास्थ  बीमा बितरण  कार्यक्रम  सम्पन्न 

• ध्रुवराज घिमिरे । (संवाददाता) । तनहुँ १९ भदौ २०८१ बुधवार । तनहुँको शुक्ला गण्डकी  नगरपालिका वडा न ७ द्वारा  सामाजिक  बिकास कार्यक्रम  अन्तर्गत आज वडा कार्यालय खैरेनीटारमा स्वास्थ बीमा बितरण कार्यक्रम  सम्पन्न भएको छ।


वडा भित्र गरिबीको रेखा मुनि रहेका गरिब निमुखा  अपाङ्गहरुलाई सहयोग  गर्नका लागि वडाबाट  सामाजिक  बिकास  अन्तर्गत  १  लाख  बराबर  स्वास्थ  बीमाको लागि छुट्याइएको  थियो । उक्त रकम वडा भरिका प्रतेक टोलबाट अशक्तहरु  लाई छानेर  ४० घर परिवारलाई उक्त रकम  बितरण गरिएको वडा अध्यक्ष  खड्ग सिंह थापाले बताए ।
गत बर्ष ७९/८० को आर्थिक बर्षमा १ लाख रकम बराबर  ६२ घर परिवारले उक्त सुबिधा लिएका थिए भने ८०/८१ मा पनि १  लाख रुपैयाँ  बराबर  ४० घर परिवारले उक्त  सुबिधा  लिएका छ्न  ।

त्यस अबसरमा वडा सल्लाहकार पम्फा थापा  , ईश्वर शर्मा  ,खिमलाल गिरी , राजन खत्री लगाएतका  वक्ताहरुले वडा परिवारले राम्रो कामको थालनी गरेको बताए ।


कार्यक्रम  मा  वडा सदस्यहरु राज बहादुर थापा ,   सारदा ढकाल  , गिर बहादुर  थापा , कबिता बिक लगायतको उपस्तिथि रहेको थियो । वडा सचिब इन्दिरा शर्माद्वारा सहजिकरण गरिएको उक्त कार्यक्रममा वडा अध्यक्ष  खड्ग सिंह थापाले अध्यक्षको आसनबाट बोल्दै आफ्नो  कार्यकाल भरी सधै जनताको सुख र दुःखमा साथ दिने प्रतिबद्धता  जाहेर गरे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button