हेडलाईनसमाचारप्रदेश

छुट्टा-छुट्टै सवारी दुर्घटनामा तीन जनाको गयो  ज्यान

प्रहार समाचार । तनहुँ १९ भदौ २०८१ बुधवार । छुट्टा-छुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। प्राप्त समाचार अनुसार कास्की , मोरङ र शङ्खुवासभा भएका दुर्घटनामा उनिहरुको ज्यान गएको हो।

प्राप्त समाचार अनुसार पोखरा महानगरपालिका-१७  बिरौटामा ग.१५ प ३२१ नम्बरको मोटरसाइकल गए राती दुर्घटना हुँदा चालक पोखरा महानगरपालिका-१७ घारीपाटन बस्ने पर्वत कुश्मा नगरपालिका-१४ आर्थर घर भएका २० वर्षीय विश्वास विकको निधन  भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उता सङ्खुवासभाको चैनपुर नगरपालिका-२ ताङ्लेवास्थित सडकमा सिद्धपोखरीबाट चित्लाङतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १७६३ नम्बरको ट्याक्टरले किचेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय लिला बहादुर तामाङको निधन भएको   छ । ट्याक्टरबाट लडेर सोही ट्याक्टरको पछाडिको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहीले जनाएको छ। 

त्यस्तै मोरङको विराटनगर महानगरपालिका-१५ तीन नम्बर ढाटस्थित सडकमा भट्टीमोडबाट जोगवनीतर्फ जाँदै गरेको को.२१ प ८९६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राती दुर्घटना हुँदा चालक सोही महानगरपालिका-१ विजयपुर बस्ने २० वर्षीय सुशील कामतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button