प्रहार समाचार । तनहुँ १९ भदौ २०८१ बुधवार । तनहुँको भानु नगरपालिले भानु नगरपालिका स्थाई ठेगाना भई भानु नगरपालिका भित्र सामुदायिक विद्यालयमा अध्ययन गरि एम वि वि एस अध्ययनको लागि पूर्ण छात्रवृति प्राप्त गरेका विद्यार्थीलाई प्रोत्साहन गर्ने भएको छ।

पालिकाले विद्यार्थीलाई प्रोत्साहन स्वरूप नगद ५ लाख प्रदान गर्ने भएको छ। विद्यार्थीको पढाईको लागि प्रोत्साहन स्वरूप आवश्यक कार्यविधि निर्माण गरि प्रदान गर्ने निर्णय यहि भाद्र १७ गते नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले गरेको हो।
एम वि वि एस अध्ययनको लागि पूर्ण छात्रवृति प्राप्त गरेका विद्यार्थीले अन्य प्रशासनिक खर्च,होस्टल,अतिरिक्त क्रियाकलाप एवं अध्ययनको शिलशिलामा आवश्यक शैक्षिक सामग्री खरीद गर्न सहज होस् भन्ने उदेश्यले यस्तो निर्णय गरिएको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।
























