हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ १७ भदौ २०८१ सोमवार । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै  रहेकोले देशभर आंशिक देखि साधारणतया बदली रहने छ। आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा जारी गरिएको नियमित बुलेटिनमा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button