प्रहार समाचार । तनहुँ १७ भदौ २०८१ सोमवार । आज भाद्र कुशे औंसी पर्व पितालाई श्रद्धा र भक्तिभाव प्रकट गर्दै मनाइदै छ।

बुवालाई श्रद्धापूर्वक मिष्ठान्न भोजन गराउने र उपहार दिने चलन छ। बुवाले पनि आफ्ना सन्तानलाई आरोग्य, सुख—समृद्धिको कामनासहित आर्शीवाद दिने गर्छन्।
छोराछोरीले आफ्ना पितालाई मीठा—मीठा परिकार खुवाइ खुसी तुल्याएमा सन्तानलाई सुख-शान्ति मिल्ने जनविश्वास छ।
पिता नहुनेहरूले विभिन्न देवस्थल गइ तीर्थ श्राद्ध गर्ने गर्छन्। श्राद्ध नगर्नेहरूले पनि पितृतर्पण र सिदादान गर्छन्। श्रद्धापूर्वक ब्राह्मण भोजन गराउने गर्छन्।
आजकै दिन घरघरमा कुश भित्र्याउने प्रचलन पनि छ। वर्षभरि देवकार्य र पितृकार्यका लागि नभई नहुने कुश आजै भित्र्याउने गरिन्छ।
पुरोहितहरूले आफ्ना यजमानकहाँ कुश पुर्याउने गर्छन् भने कतिपयले बजारबाट किनेर भएपनि कुश घरमा लगेर राख्ने प्रचलन छ। आज काटिएको कुश वर्षदिन भरि विभिन्न धार्मीक कार्यमा प्रयोग गरिन्छ ।
























