हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माले बिगत ८ वर्ष देखी बन्दी बनाएर एक नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गरेको खुलासा

प्रहार समाचार । काठमाडौँ १६ भदौ २०८१ आइतवार । नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माले बिगत ८ वर्ष देखी बन्दी बनाएर एक नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आएको खुलासा भएको छ।


काठमाडौं महानगरपालिकाका  मेयर बालेन शाहाले सामाजिक सञ्जाल मार्फत यो कुराको पर्दाफास गरेका हुन्।
मेयर शाहले एमालेकी सांसद पाण्डेको फोटो राख्दै लेखेका छन् –  ‘वहाँ  हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगरले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा  चलाउ भनेर भनी सकेको छ ।

सम्माननिय प्रधानमन्त्री खड्ग  प्रसाद ओली ज्यु ,
सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण  गरेको मुद्दा छ समाउन लाई भन्दछ ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना  दिदै  एक लाख घोषणा गर्नु नै होला ।

कहिले समाउने ??  कि नसमाउने ?? मेयर वालेनले अन्त्यमा लेखेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button