हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

लमजुङमाको सुन्दर बजारमा  तिज गीत प्रतियोगिता सम्पन्न

• विजय अधिकारी ( संवाददाता ) लमजुङ जिल्लाको सुन्दरबजर नगरपालिका- ६ खत्रीठाँटीमा  तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तिजको अवसरमा संयुक्त खस क्षेत्री समाज नेपाल सुन्दर बजार नगरपालिकाको आयोजनामा  धर्म  र सस्कृती जोगाउने उद्देश्यले उक्त  प्रतियोगिता आयोजना गरिएको थियो ।


कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद भेष बहादुर पौडेलले प्रतियोगिताले  नेपाली मौलीक संस्कृतिको जगेर्ना गर्नमा मद्दत पुग्ने बताए ।



लमजुङ र तनहुँगरि २४ टिमको सहभागिता रहेको प्रतियोगितामा तनहुँको पुर्कोट युवा क्लव प्रथम , लमजुङको नयाँ बजार आमा समुह भोटेवडार द्वितीय र सुन्दर बजारको विध्याज्योती मा.वि. तृतीय तथा फ्युचरस्टार मा.वि. सान्त्वना भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार , द्वितीय हुने टिमलाई १३ हजार , तृतीय हुने टिमलाई ७ हजार र सान्त्वना हुने टिमलाई ३ हजार पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट नाच प्रदर्शन गर्ने दुरा समाज सुन्दर बाजर र दलित एकता समाजका १,१ जनालाई एक, एक हजार नगद पुरस्कार प्रदान गरिएकोभने कार्यक्रमको  प्रतिवेदन प्रस्तुत सह-अध्यक्ष जयराम रेग्मीले बताए।

कार्यक्रममा संयुक्त खस क्षेत्री नेपालका केन्द्रिय सदस्य सन्तबहादुर बस्नेत , उपाध्यक्ष भवानी के.सि. , सुन्दर बजार नपा – ७ का वडा अध्यक्ष जयराम रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


संयुक्त खस क्षेत्री नेपाल सुन्दर बजार नगर समितिका अध्यक्ष बिस्णुबहादुर खड्काको अध्यक्षताम भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हिरा बहादुर सापकोटाले गरेका थिए  र  सहजीकरण सचिव रमेश सापकोटाले गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button