प्रहार समाचार । तनहुँ १६ भदौ २०८१ आइतवार । तनहुँको व्यास नगरपालिका १३ नं वडा कार्यालय आँपस्वारा, पोखरी भञ्ज्याङमा आज एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ।

मित्र समाज नेपालको आयोजना , वडा कार्यालयको संयोजन तथा नुवाकोट आई केयर सेन्टर प्रालीको प्राविधिक साझेदारी तथा स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेडको सौजन्यतामा उक्त आँखाशिविर भएको थियो ।
शिविरमा सामूहिक एवं संस्थागत विद्यालयका विद्यार्थीहरू, शिक्षक र केही अभिभावकहरुको आँखा परीक्षण गरी आवश्यक पर्नेलाई चस्मा वितरण गरिएको वडा अध्यक्ष वसन्त बहादुर आलेले बताए ।आँखाको परीक्षण गरेर लेन्स तयार गर्नु पर्नेलाई चस्माको लेन्स तयारी गरेर वितरण गरे भएको छ।

शिविरमा वडा नम्बर १३ का तीन सामुदायिक र दुई संस्थागत गरी पाँच विद्यालयका ४ सय ७ विद्यार्थीहरूको आँखा परीक्षण गरिएको व्यास १३ का शिक्षक सुधार समितिका संयोजक माधव पन्थले जानकारी दिए । वडाको तर्फबाट सौजन्य बाहेकको खर्चको व्यवस्था गर्ने गरी कार्यक्रम सञ्चालन गर्नका लागि वडा अध्यक्ष आलेले हौसला प्रदान गरेका थिए ।
शिविर सञ्चालनको स्थान छनौट , व्यवस्थापन लगायतमा वडा कार्यालयको प्रभावकारी भूमिका रहेको मित्र समाज नेपालका व्यवस्थापक अनिल पौडेलले बताए । शिविर सञ्चालनमा नेपाल वार एसोसियसन तनहुँ शाखाका अध्यक्ष डम्बरदेव हड्खलेको सह्रानीय भूमिका रहेको बताइएको छ।

























