प्रहार समाचार तनहुँ १६ भदौ २०८१ आइतबार । तनहुँको व्यास नगरपालिका वडा नं ३ घर भई हाल हङकङ बसोबास गर्दै आइरहेका मोहनकाजी बतासले १ लाख ५ रुपैयाँको कक्षको स्थापना गरेका छन्।

मोहन बतास फाउन्डेसनका संस्थापक समेत रहेका बतासले पराशर सत्संग भजन किर्तन समिति व्यास नगरपालिका वडा नं – ५ वेनिपाटनमा दैनिक पूजाआजा सञ्चालन तथा अन्य कार्यका लागि हालै अक्षयकोष स्थापना गरेका हुन्।
त्यस अवसरमा बतासलाई राष्ट्रिय परोपकार महासङ्घ नेपाल जिल्ला कार्यसमिति स पूर्व अध्यक्षहर अर्जुन गिरी, लोचना आले , साप्ताहिक कार्यक्रम संञ्चालक बुद्धिसागर पौडेल लगायतले सम्मान गरेका थिए। भजनकृतन समितिका अध्यक्ष इन्द्रप्रसाद वाग्लेको सभापतित्वमा समान्न भएको कार्यक्रमको सहजिकरण संस्थाका उपाध्यक्ष ऋषिराम ढुङ्गाना (सेवक) ले गरेका थिए ।

























