हेडलाईनसमाचारगण्डकी

लमजुङमा रुख काटने क्रममा गयो एक युवकको ज्यान

• विजय अधिकारी ! ( संवाददाता ) l लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर – १०, भाचोकको इन्द्रेणी  सामुदायिक वनमा रुख काटने क्रममा रुखको हाँगाले लागेर  एक युवकको ज्यान गएको  छ ।

ज्यान गुमाउनेमा  मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका वडा नम्बर -६ , स्थायी घर भइ हाल गाउँ भाचोक बस्दै आएका  १८ वार्षिय राजु तामाङ रहेको लमजुङ प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक  थानेश्वर चपाइले जानकारी दिए ।


 घटना अनुसार  उहाँका गाउँ भाचोकको इन्द्रेणी सामुदायिक वनमा हिंजो करिब ३ बजेतिर रुख काटन भनेर गएका तामाङको काटदै गरेको रुखको हागाले लागेर घटना स्थलमै मृत्यु भएको हो ।

घटना घटेको जानकारी पाए लगत्तै लमजुङ बेसीशहरबाट प्रहरी टोलि घटना स्थल तर्फ गएको र घटना बारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button