प्रहार समाचार । तनहुँ १६ भदौ २०८१ आइतवार । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा भानु नगरपालिका वडा नं ८ निवासी वस्ताकोटी परिवारले सम्पूर्ण आमा समूहका सदस्यहरुलाई एक/ एक जोर साडी र ब्लाउज प्रदान गरेका छन्।

हिंजो उक्त वडा निवासी सपना बस्ताकाेटी , सुनिता बस्ताकाेटी सहित सम्पूर्ण परिवारको तर्फबाट सहनशिल आमा समूहका ३५ जना (सम्पुर्ण सदस्यलाई ) एक सेट साडी र ब्लाउज सेट नगर प्रमुख आनन दराज त्रिपाठीको प्रमुख अतिथ्यतामा आमा समूहका सदस्यहरुलाई वितरण गरिएको थियो।

हरितालिका तीज पर्वलाई भड्कीलो नबनाई समान रूपमा मनाउन यो सानो कार्य गरिएको सपना बस्ताकोटीले बताइन् ।
त्यस अवसरमा नगर प्रमुख त्रिपाठीले यस्ता कामले समतामूलक समाज निर्माणमा टेवा पुग्ने बताउँदै तीज पर्वलाई भड्किलो नबनाई सामान्य रूपमा पर्वकै रूपमा मनाउन आग्रह गरे ।

आमा समूहका अध्यक्ष मधु बि.क.काे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा भानु – ८ का वडा अध्यक्ष ईश्वर बहादुर घिमिरे , भानु-३ का वडा सदस्य अमित लामा लगायतको उपस्थिति रहेको सुनिता बस्ताकोटीले प्रहार समाचारलाई बताइन् । त्यस अवसरमा आमा समूहले सामूहिक दर खाने र तीजको गीतमा नाचगान गरेका थिए ।
























