हेडलाईनसमाचारप्रदेश

राष्ट्रपति पौडेल हरेक महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने  : आज भक्तपुर दरबार स्क्वायर पुगेर नागरिकसंग संवाद गर्ने

प्रहार समाचार । काठमाडौं १४ भदौ २०८१ शुक्रवार ।  राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने भएका छन्।  ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अनुसार राष्ट्रपति पौडेल हरेक महिनामा एकदिन सार्वजनिक स्थलमा जाने भएका हुन् । 

सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूको गुनासो सुन्नेछन् । जस अन्तरगत आज  पहिलो पटक भक्तपुर दरबार स्क्वायर जाने र नागरिकहरुको गुनासो सुन्ने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

राष्ट्रपति पौडेल आज  बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button