हेडलाईनसमाचारसाहित्यप्रदेश

यस वर्षको मदन पुरस्कार  मैनालीको कृति मुकाम रणमैदानलाई दिइने

प्रहार समाचार । काठमाडौ १४ भदौ २०८१ शुक्रवार । यस वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानलाई दिइने निर्णय भएको छ ।

मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो । यसैगरी प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको मदन पुरस्कार गुठीले जनाएको छ ।  दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ रहेको छ ।

२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो । पुरस्कार आगामी असोजमा वितरण गरिने मदन पुरस्कार गुणीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button