प्रहार समाचार । चितवन १३ भदौ २०८१ विहीवार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्न र आम नेपालीलाई स्वास्थ्य विमामा समेट्नुपर्नेमा जोड दिएका छन् ।

भक्तपुर क्यान्सर अस्पतालले आयोजना गरेको कार्यक्रममा रेडियोथेरापी, मोडुलर ओटी र दुई सय ५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनको बुधवार शुभारम्भ गर्दै त्यस्तो धारणा राखेका हुन् । मन्त्री पौडेलले भने – ‘ स्वास्थ्य क्षेत्रको विशिष्टिकृत सेवालाई सरलीकृत गर्दै आम नेपालीलाई स्वास्थ्य वीमामा ल्याउनु पछे ।’
स्वास्थ्य बीमालाई मजबुत बनाउन सकेमा जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिन सकिने उल्लेख गर्दै उनले स्वास्थ्य बीमालाई एक लाखबाट बढाएर पाँच लाख पुऱ्याइने र स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिए ।
























