हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम  : चार प्रदेशमा भारी वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ १३ भदौ २०८१ विहिवार । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। देशभर आज आंशिकदेखि साधारणतया बदली रहने  छ। गण्डकी र बागमती प्रदेशका एक—दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने  केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू—भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी  र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button