प्रहार समाचार । तनहुँ १२ भदौ २०८१ बुधवार । नेपाल विद्यार्थी सङ्घ तनहुँको कार्यवाहक अध्यक्षको जिम्मेवारी आशिष कैनीलाई प्रदान गरिएको छ।

अध्यक्ष सुरज लम्सल व्यक्तिगत कारणले विदेशमा रहने भएकोले जिल्ला सदस्य कैनीलाई आज कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।
कैनी व्यास नगरपालिका वडा नम्बर ११ पोल्याङटार निवासी हुन्। उनी विद्यार्थी राजनीतिमा तथा समाजसेवामा सक्रिय छन्।
नेपाल विद्यार्थी सङ्घको विधान २०२७ (सातौं संशोधन २०७५ ) बमोजिम कैनीले नेपाल विद्यार्थी सङ्घको विधि ,विधान र मर्यादा भित्र रहेर सङ्घको मूल्य , मान्यता र आदर्शलाई उच्च राखी संघलाई गतिशील बनाउने कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पत्रमा उल्लेख छ।

























