हेडलाईनसमाचारबन्दीपुरगण्डकीस्वास्थ्य

तनहुँको बन्दिपुर अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रहार समाचार । तनहुँ १३ भदौ २०८१ बिहीवार । तनहुँको बन्दिपुरमा रहेको बन्दिपुर अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनमा स्वास्थ्य सेवा बिभाग टेकुले बन्दिपुर अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

उपलब्ध सामाग्रीहरुमा थर्मोकोगुलेटर, ई.सि.जि. मेसिन, डेलिभरी बेड, सेन्ट्रिफ्युज मेसिन लगायतका  रहेका छन् । ती  स्वास्थ्य सामाग्रीहरू कांग्रेस नेता रेशम गुरुङको सहजीकरणमा  गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बुधवार पालिकामा  बुझेका थिए । सामग्रीहरू बुझ्दै पालिकाका अध्यक्ष थापाले  बिरामीका लागि अत्यावश्यक यस्ता उपकरणले औषधीउपचारमा धेरै सहजता हुने बताए ।

स्वास्थ्य सामाग्री उपलब्ध गराइदिने बिषयमा पालिकाका उपाध्यक्ष पञ्चमायाँ गुरुङसहितको एक टोली काठमाडौं पुगेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेललाई केहि समय अगाडी  भेटेको थियो।  मन्त्री पौडेलले स्वास्थ्य सामाग्री उपलब्ध गराउने बिषयमा सकारात्मक हुनुका साथै अस्पतालको डाक्टरलाई चिरफारको तालिम समेत छिटै दिलाउने प्रतिबद्धता जनाएका थिए । त्यसपछि स्वास्थ्य सामाग्री प्राप्त भएको  उपाध्यक्ष गुरुङले प्रहार समाचारलाई  बताईन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button