हेडलाईनव्याससमाचारगण्डकी

उत्पादकले भन्दा बिचौलियाले बढि नाफा कमाउने प्रवृत्ति तोड्न  दमौलीमा   ‘कृषि उपज संकलत तथा बिक्री केन्द्र’ संञ्चालन

प्रहार समाचार । तनहुँ १३ भदौ २०८१ बिहीवार । ग्रामिण क्षेत्रका वासिन्दाले उत्पादन गरेको प्राङगारिक कृषि उपजले राम्रो बजार नपाएपछि तथा बिचौलियाले कृषक / उत्पादकको आम्दानी भन्दा बढि नाफा कमाउने प्रवृत्ति तोड्नकालागि व्यास नगरपालिकाका कृषकहरुले कृषि उपज संकलत तथा बिक्री केन्द्र सुरु गरेका छन्।


बिक्री केन्द्रको चाँजोपाँजो भने २ सय १ जना सदस्य रहेको ‘गाउँ विकास कृषि सहकारी संस्था ‘ ,व्यास १३ ले मिलाएको हो ।
केन्द्रको हिंजो एक कार्यक्रमका बिच उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यास नगरपालिका क्षेत्रलाई कृषिमा आत्मानिर्भर बनाउनेतर्फ कार्यालयले विभिन्न कार्यक्रम अघि सारेको बताउँदै सञ्चालकहरुले लगनशिल र इमान्दार भएर काम गर्न आग्रह गरे । उपप्रमुख इन्दिरा दरैले कृषकहरुले रात दिन नभनी परिश्रम गरेर उत्पादन गरेको कृषि उत्पादनको नाका कृषकले नै पाउनु पर्ने तथा सर्व सुलभ मूल्यमा वस्तुहरु उपलब्ध गराउन यस्ता केन्द्र सहायक सिद्ध हुने बताइन्।

जिल्ला सहकारी संघका अध्यक्ष प्रदिपराज अधिकारी, एसओएस बालग्रामका वडा नं १३ र १४ का कार्यक्रम संयोजक अमृत पन्थी , नेका क्षेत्रनं. १ का सभापति श्यामकुमार मौराती लगायतले कृषकहरुले उत्पादन गरेका तरकारी लगायतका दैनिक उपभोग्य वस्तुहरु सोझै बिक्रीकेन्द्रमा आउने भएकाले उपभोक्तालाई पनि दुई पैसा सस्तो पर्ने भएकाले स्थानिय निकायले पनि यस्ता सकारात्मक कामलाई हौसला प्रदान गर्नुपर्नेमा जोड दिए ।

अहिले व्यास नगरपालिका वडा नं १३ मा रहेका कृषकले उत्पादन गरेका प्राङ्गारिक कृषि उपजलाई सहज तवरले बजारसम्म पुऱ्याउने हेतुले व्यास नगरपालिका वडा नं. ३ मालपोत लाईन ( जिसस को नयाँ बनेको सटरमा )  बुधबारदेखि कृषि उपज केन्द्र संचालनमा ल्याइएको हो । सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर आले कृषि उपज केन्द्रमा सहकारीमा आवद्ध कृषकले उत्पादन गरेको आलु, बोडी, तरूल, पिंडालु, फर्सी, करेला, निगुरो, काक्रो , कागती , लौका लगायतका मौसमी तरकारी, शुद्ध तोरीको तेल, बेसार , मकैको च्याख्ला लगायतका वस्तुहरु  सुपथ मुल्यमा पाईने बताए ।


करिव ५ लाख रूपैंयाँ खर्चिएर केन्द्र संचालन गरिएको संस्थाले साना कृषकलाई प्रोत्साहन र स्वस्थकर कृषि उत्पादनमा लाग्न व्यास नगरपालिका वडा नं. १३ को कार्यालयले विशेष कार्यक्रम नै बनाएर अघि बढेको व्यास १३ का वडा अध्यक्ष बसन्तबहादुर आलेले जानकारी दिए। संस्थाका सचिव माधव पन्थ कृषकले भन्दा बिचौलियाले धेरै कमाउने प्रथाको अन्त्यका लागि कृषि उपज संकलन केन्द्र प्रभावकारी हुने र उपभोक्ताहरूपनि लाभान्वित हुने बताउँछन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button