हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज श्रीकृष्ण जन्माष्टमी पर्व : देशभर हर्षोउल्लासका साथ  मनाइँदै

प्रहार समाचार । तनहुँ १० भदौ २०८१ सोमवार । भाद्र कृष्ण अष्टमी पर्व । देशभर हर्षोउल्लासका साथ मनाइँदै छ। आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ ।

 

‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो । 
यसै बीच तनहुँको दमौलीमा रहेको सिद्धाश्रम शक्ति केन्द्र व्यास नगरपालिका वडा नम्बर ३ को आयोजनामा भजन कीर्तन ,आरती , कृष्ण झुला नगर परिक्रमा लगायत श्रीकृष्णको विशेष मन्त्र उच्चारण गरी हमन समेतको कार्यक्रम रहेको केन्द्रका संयोजक प्रियनाथ पौडेलले बताए ।


यसैगरी व्यास नगरपालिका नम्बर ५ परासर क्षेत्रमा रहेको परासर भजन मण्डलीले बिहानैदेखि बेलुका ६ बजेसम्म भजन किर्तन , कृष्ण झुला तथा बाललीलाको कार्यक्रम आयोजना गरेको मन भजन मण्डलीका  अध्यक्ष इन्द्रप्रसाद वाग्लेले बताए

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button