आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

पृथ्वी राजमार्ग साढे तीन घण्टाकालागि बन्द : मरस्याङ्दीमा खसेको बस निकाल्न सुरु

प्रहार समाचार । तनहुँ १० भदौ २०८१ सोमवार । आज पृथ्वी राजमार्ग साढे तीन घण्टाका लागि बन्द भएको छ। शुक्रबार तनहुँ जिल्लाको आँबुखैरेनी  गाउँपालिका वडा नं १ ऐना पहरा नजिकै दुर्घटन परेर मरस्याङ्दी नदिमा खसेको बस निकाल्नका लागि सडक बन्द भएको हो।


जिल्ला प्रशासन कार्यालय तनहुँले हिंजो एक सूचना प्रकाशित गर्दै आज बिहान ६: ३० बजे देखि १० बजे सम्म सबै प्रकारका यातायातका साधनहरु पूर्ण रूपमा बन्द हुने जनाएको थियो ।

उक्त स्थानमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यु पी ५३ एफटी ७६२३ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियो । अहिले मरस्याङ्दी जलविद्युत केन्द्र का उपकरणहरुको प्रयोग गरेर नदिको किनारामा खसेको बस निकाल्न सुरु गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रहार समाचारलाई बताए । ‘ उक्त स्थानमा सडक साँगुरो भिर पहरा भएकाले यातायात बन्द गरेर दुर्घटना ग्रस्त बस निकाल्ने काम सुरु भएको छ नजिकै विजुलीको पोल र तार पनि भएकाले विद्युतको लाईन पनि बन्द गरिएको छ ‘ -प्रजिअ गौतमले भने ।

यसै बिच पृथ्वी राजमार्गको मुग्लिन- आँबुखैरेनी सडक खण्ड अन्तरगतको चेतेल ८६ + ०८० मा पहिरो नियन्त्रणको काम भइरहेको र उक्त स्थानको भित्तोमा ढुङ्गाहरु काटेर फाल्नु पर्ने भएकाले आजकै सोहि समयमा यातायात बन्द गारेर अहिले काम सुरु गरिएको सडक डिभिजन कार्यालय तनहुँले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button