प्रहार समाचार । तनहुँ १० जेठ २०८१ सोमवार ।तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २, ऐनापहरा नजिक गत भदौ ७ गते शुक्रवार पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदिमा दुर्घटना भई खसेको बसका १६ जनामध्ये सात जनालाई आज डिस्चार्ज गरिएको छ।

मर्स्याङ्दी नदीमा शुक्रबार बिहान ११ :३० बजे भएको बस दुर्घटनामा घाइते भएका सबै १६ जनालाई सेनाको हेलिकप्टरबाट महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल काठमाडौंमा उपचारकालागि पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनदिन गौतमले बताए । उपचारार्थ मध्ये सात जनालाई आज डिस्चार्ज गरिएको अस्पतालका डा. रोहित सिंहलेले बताए ।
‘बस दुर्घटनामा घाइते भएका बाँकी नौ जनाको अस्पतालमै उपचार भइरहेको छ, सबैको अवस्था सुधारोउन्मुख छ । – ‘ डाक्टर सिंहले भने ।
आज डिस्चार्ज हुनेमा ५६ वर्षीया भारती पाटील, ४२ वर्षीया बर्षाभङ्गाणे, ७० वर्षीया कुमुदिनी झाम्रे, ४९ वर्षीया रुपाली सरोदे, ५९ वर्षीय हेमराज सरोदे, ४५ वर्षीया निलिमा भिरुड, ६५ वर्षीय सुनिल धाण्डे रहेका छन्।
बाँकी नौ जना घाइतेमध्ये चार जनाको आईसीयूमा उपचार भइरहेको छ ।
हाल ५१ वर्षीय प्रविन पाटील, ५३ वर्षीय अविनास पाटील, ५९ वर्षीय अनन्त इङ्णे, ४७ वर्षीया सिमा इङ्णे, ५८ वर्षीया आशा बोण्डे, ६२ वर्षीय नैनेश्वर बोण्डे, ५० वर्षीया शारदा पाटील, ४७ वर्षीया रेखा सुरवाडे तथा ५८ वर्षीया आशा पाटील उपचाररत रहेको अस्पतालले जनाएको छ ।
दुर्घटनामा २७ जना भारतीय पर्यटकहरूले दुःखद निधन भएको थियो ।
मृत्यु भएकाहरूको शव परीक्षण गरी भारतीय वायु सेनाको जहाजमार्फत भारत लगिएको छ ।
भारतीय पर्यटकहरू यही भदौ ७ गते पशुपतिनाथको दर्शनका लागि पोखराबाट काठमाडौं आउँदै गर्दा यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनीको ऐना पहरामा दुर्घटना ग्रस्त भएको थियो ।

























