हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

पर्यटकको आकर्षको केन्द्र बन्दै लमजुङको  हामखोला झरना

•विजय अधिकारी । ( संवाददाता ) लमजुङ १० भदौ २०८१ सोमवार ।  लमजुङको मर्श्याङ्दी गाउँ पालिका वडा नम्बर – ८, भुलभुलेमा रहेको हामखोला झरना आन्तरिक र बाह्य पर्यटकहरुको उत्कृष्ट गन्तव्यका रूपमा दिन प्रतिदिन विकास हुँदै जान थालेको छ।

लमजुङको  सदरमुकाम बेसिशहरको उत्तर तर्फ र अन्नपूर्ण पदमार्गको छेवैमा पर्ने मर्श्याङ्दी गाउँ पालिका भुलभुलेको हामखोला झरनाको सुन्दरतामा रमाउन दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको मर्श्याङ्दी  गाउँ पालिकाका  अध्यक्ष अर्जुन  गुरुङले बताए ।

यसै बिच यस यस झरनाको प्रचार-प्रसार गर्न आन्तरिक तथा बाहिय पर्यटकलाई लक्षित गरि यसै साता  वाटरफल महोत्सवको आयोजना गरिएको हामखोला झरना व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए ।
  प्राकृतिक सुन्दरताले निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकिय गन्तव्य बनाउन यस अघि २०७६ साल साउन २५ गते पहिलो पटक हामखोला झरना महोत्सवको आयोजना गरिएको थियो भने यो हामखोला महोत्सव चौथो पटकको वटरफल फेस्टिभल महोत्सव हो ।


   गर्मी मौसममा आयोजित महोत्सव छङ्छ्ङ झरेको झरनामा रमाउदै सेल्फी खिच्ने र डिजेको साथमा युवायुवती निकै  रमाएका थिए । भने महोत्सवमा गाउँ पालिका भित्रका आमा समूह , युवा क्लब र स्कुलका विद्यार्थीहरुले छुट्टाछुट्टै साङ्गितिक प्रस्तुति प्रदर्शन गरेका थिए ।


   मर्श्याङ्दी गाउँ पालिका भित्र आयोजना गरिने यस्ता मेला महोत्सवले गाउँ पालिका सगै सिङ्गो लमजुङ जिल्लाको पर्यटक प्रवर्द्धनमा सघाउ पुर्याउने बताउदै आफ्नो कार्यकालमा यस ठाउँलाई  पर्यटकिय गन्तव्य बनाउन आफ्नो गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा झरना सम्म जाने बाटो , रेलिङ , मैदान सम्याउने लगायतका कामहरु गरिएको र झरना बगेको पानीमा पौड्न चाहनेका लागि पोखरी समेत निर्माण गरिएको मर्श्याङ्दी  गाउँ पालिकाका  अध्यक्ष अर्जुन  गुरुङले बताए ।
महोत्सवमा आन्तरिक पर्यटक र वाह्य पर्यटकहरुको बाक्लो उपस्थिति रहेको थियो  ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button