हेडलाईनसमाचारप्रदेश

रामेछापमा पहिरो : ६ को मृत्यू चार घाइते

प्रहार समाचार । रामेछाप ९ भदौ २०८१ आइतवार । रामेछापको दोरम्बास्थित शैलुङ गाउँपालिका–३ मा हिजो राती गएको  पहिरोले तीन घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने अन्य चार हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुष,  ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो । 

११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छिन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । सो गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिएको जानकारीअनुसार गएराति पहिरो खसेको हो । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ ।

यसैबीच लेकखर्कमा गएको पहिरोले पाँचवटा घर बगाएको खबर प्राप्त हुनासाथ खटिएको आफ्नो टोलीले अन्य सुरक्षा निकाय र स्थानीयसँगको सहकार्यमा हराइरहेकाको खोजी कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ ।   – लोकान्तर अनलाईनबाट



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button