प्रहार समाचार । नारायणगढ ९ भदौ २०८१ आइतवार । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका- २९ स्थित घुमाउनेमा अहिले केहि बेर अगाडी यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सु. प. प्र. ०२ ००१ ख १३३२ नम्बरको बस उक्त स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका १५ जना यात्रुहरुलाई भरतपुर अस्पतालमा उपचारकालागि लागिएको प्रहरीले जनाएको छ। पछिल्लो केहि दिन यता देशका विभिन्न स्थनिहरुमा दिन दिनै सवार दुर्घटना हुने गरेको छ।




















