हेडलाईनसमाचारगण्डकी

लमजुङको दोर्दी गाउँपालिकामा एक घर एक धाराका लागि  त्रिपक्षिय सम्झौता

विजय अधिकारी । ( संवाददाता ) लमजुङ ९ भदौं २०८१ आइतवार । लमजुङको दोर्दी गाउँपालिकामा एक घर एक धाराका लागि  त्रिपक्षिय सम्झौता भएको छ। गोर्खा वेल्फेयर ट्रस्ट , खानेपानी उपभोक्ता समिति र दोर्दी गाउँपालिका बीच हालै उक्त सम्झौता भएको हो ।

 


लमजुङको दोर्दी गाउँ पालिका वडा नम्बर -४, नौथर कुखुरे ढुङ्गा गाउँमा खानेपानी निर्माणका लागि गोर्खा वेल्फेयर ट्रस्ट पोखरा , कुखुरे ढुङ्गा खानेपानी उपभोक्ता समिति र दोर्दी गाउँ पालिका विच भएको उक्त सम्झौता बमोजिम
कुखुरे ढुङ्गा खानेपानी योजनाको लागि गोर्खा वेल्फेयर ट्रस्टको तर्फबाट २८ लाख ९२ हजार ६ सय १० रुपैयाँ ३४ पैसा (७२.२७ प्रतिशत ) र समितिको तर्फबाट ११ लाख ९ हजार ८ सय ८० रुपैयाँ ४५ पैसा (२७.७३ प्रतिशत) गरि  ४० लाख २ हजार ४ सय ९० पैसा ७९ पैसा (१०० प्रतिशत ) खर्च हुने लागत अनुमान गरिएको छ ।


जस्मा समितितर्फको २७.७३ प्रतिशत  मा  दोर्दी गाउँ पालिकाले १० प्रतिशत लागत ब्यहोर्ने छ  भने बाँकी १७.७३ प्रतिशत  उपभोक्ताले जनश्रमदान गर्नुपर्ने कुखुरे ढुङ्गा खानेपानी उपभोक्ता समितिका  अध्यक्ष गमबहादुर गुरुङले बताए ।
    उनका अनुसार – दोर्दी गाउँपालिका वडा नम्बर ४ कुखुरे ढुङ्गामा केही घर थपिने गरि ६७ घरमा १ घर १ धारा निर्माण हुनेछ । उक्त स्थानको हालैको जनसंख्या ४११ र अनुमानित थपिने जनसंख्या ५०२ जना अनुमान गरिएको  छ । तत्कालको अवस्थामा ५२ हजार ५ सय ६० लिटर पानी प्रतिदिन आवश्यकता देखिन्छ ।


     
दोर्दी नौथर गाउँमा  २०५६ सालमा नेवा सस्थाबाट ८ वटा सार्वजनिक धारा निर्माण गरिएको थियो । अहिले उक्त धाराहरु जिर्ण अवस्थामा रहेको छ । पानीको ट्याङ्की पनि चुहिने गरेको र पानीको पाइप पनि ठाउँ ठाउँमा फुटेको अवस्थामा रहेको छ । जसको कारण स्थानीयहरुले अब बन्न लागेको एक घर एक  धाराको पानीले समस्या समाधान हुने विस्वास गरेका छन् ।
निर्माण हुन लागेको खानेपानी आयोजनाको स्रोत भने पैरी छ्हरे १ र २ का मुलहरुहुन् । जसको क्षमता ८५ हजार ८ सय ७६ लिटर प्रतिदिन रहेको छ ।


आयोजनाको  काम २०८१ मङसिर १ गते सुरु गरि २०८१ फागुन ११ गते निर्माण सम्पन्न गरिने गरि सम्झौता भएको हो ।
कुखुरे ढुङ्गा खानेपानी उपभोक्ता समितिका अध्यक्ष गमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी ,  दोर्दी ४, नौथरका वडा अध्यक्ष मिनबहादुर गुरुङ , वडा सदस्यहरु लिलबहादुर गुरुङ र राजकुमारी गुरुङ  पूर्व वडा सदस्य सुकराम गुरुङ , जिडब्लुटि को तर्फबाट प्रोजेक्ट म्यानेजर कृष्णबहादुर सुब्बा ,प्रोजेक्ट सुपरभाइजरहरु जितमान राई र डम्बरबहादुर प्रजा लगाएत स्थानीयको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको सहजिकरण समितिका उपसचिव विसुधन गुरुङले गरेका थिए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button