हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम  : यी प्रदेशमा हुने छ भारी वर्षा

प्रहार समाचार । काठमाडौं ९ भदौ २०८१ आइतवार । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । आज देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको पाइएको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  यस्तै  कोशी, बागमती र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको न बुलेटिनमा उल्लेख छ ।  आज कोशी र मधेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button