प्रहार समाचार । तनहुँ र भदौ २०८१ शनिवार । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित सडकमा दुर्घटना भई मर्स्याङ्दी नदीमा खसेको बसका मृतकहरुको शव परीक्षण चितवन स्थित भरतपुर अस्पतालमा सुरु गरिएको छ।

‘शव परीक्षणपश्चात् आवश्यक प्रक्रिया पुऱ्याएर शव भैरहवा हुँदै भारत पठाइने छ ‘ प्रजिअ यादवले भने । आँबुखैरेनी अस्पतालमा राखिएका मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको आँबुखैरेनी अस्पतालका प्रमुख डाक्टर डि वि क्षेत्रीले बताए ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं लगिएको थियो ।
यसै बिच मुङलीनको पुल नजिक एक जना भारतीय मूलको जस्तो देखिने दुबै खुहाको चोरी औलामा चाँदीको बेरुवा गोलो औठी लगाएकी अन्दाजी ४०/ ४५ वर्षीया एक जना महिलाको लाश प्रहरीले हिंजो फेला पारेको जनाएको छ। नदि किनारामा निर्वस्त्र अवस्थामा घोप्टो अवस्थामा ती महिलाको शव फेला परेको औबुखैरेनी प्रहरी चौकीका निरिक्षक सोम बहादुर थापाले बताए ।




















