आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँको  आँबुखैरेनी  बस दुर्घटना :  मृतकको शव परीक्षण चितवनमा गरिने

प्रहार समाचार । तनहुँ र भदौ २०८१ शनिवार । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित सडकमा दुर्घटना भई  मर्स्याङ्दी नदीमा खसेको  बसका मृतक हरुको शव परीक्षण चितवनमा हुने भएको जनाइएको छ । 

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रवार विहान साँढे ११ बजे ऐनापहरा नजिक पृथ्वी राजमार्ग बाट झण्डै शसय मिटर तल भिरबाट मस्र्याङ्दी नदीमा खस्दा चालक , सहचालक सहित  २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।  मृतकहरु सबै भारतीय नागरिकहरु रहेका छन्। उनिहरु तीवटा बसमा ९० जना भारतबाट नेपालको भ्रमणमा आएका थिए पोखरा घुमेर काठमाडौं पशुपतिनाथको दर्शन गर्ने र भारत फर्कने उद्देश्यले पोखाबाट उनिहरु काठमाडौं जाँदै थिए। दुई वटा बस ऐनापहरा पुगेको र अर्को पछिल्लो बस ऐनापहरा नजिकै दुर्घटना भएको थियो।


दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रहार समाचारलाई बताए । उनीहरूको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रति गौतमले बताए । आँबुखैरेनी अस्पताल भरिएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button