हेडलाईनसमाचारगण्डकी

तनहुँको सदरमुकाम दमौलीमा भगवती कृषि स्टोर सञ्चालनमा

प्रहार समाचार । तनहुँ ९ भदौ २०८१ आइतवार ।  सम्पूर्ण कृषकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तनहुँको सदरमुकाम दमौली स्थित व्यास २ , भेटघाट चोकमा भगवती कृषि स्टोर्स हिजोबाट सुरु भएको छ । कृषि विषयमा वी एस्ई एजी  गरेका कृषि प्राविधिक अरुण श्रेष्ठले उक्त स्टोर सञ्चालन गरेका हुन्।

 


कृषकलाई प्राविधिक सिप सिकाउने तथा सानो प्राविधिक सहयोगबाट कृषि क्षेत्रमा ठूलो  परिवर्तन आउने विश्वासले श्रेष्ठ उक्त स्टोर सञ्चालन गरेको बताउँछन् ।  अहिले पछिल्लो समयमा चारैतिर  अत्याधिक मात्रामा हानिकारक विषादीको प्रयोग बढिरहेकोले छ । यसले  सिङ्गो वातावरणमा समेत असर पुऱ्याई  मानन  ,जिव जन्तु  ,जनावर तथा किट पतङ्गरमा समेत नकारात्मक असर पार्छ । यसैलाई कम गर्ने  जैविक कृषि प्रणालीलाई प्राथमिकता दिन तथा कृषिको आधुनिकिकरणमा   टेवा पुऱ्याउन र प्रकृतिलाई जोगाउने उद्देश्यले आफूले उक्त व्यवसाय सुरु गरेको स्टोरका प्रोप्राइटर कृषि प्राविधिक अरुण श्रेष्ठले बताए ।


‘पछिल्लो समय कृषि र कृषिजन्य वस्तु उत्पादन , उत्कृष्ट विउ विजन  तथा नयाँ  प्रविधि प्रति कृषक विमुख भएको परिप्रेक्ष्यमा आम कृषकवर्ग लाई समेटेर  मातृभूमि नेपालमा नै केही गर्नुपर्छ भनेर व्यवसाय सुरु गरेको हुँ ‘ श्रेष्ठले प्रहार समाचारसंग कुरा गर्दै भने ।

आफूले कृषकलाई विभिन्न खेतीबाली र फलफुलमा लाग्ने रोग तथा किराबाट देखिने समस्याहरूको उपचारको बारे निःशुल्क परामर्श दिने पनि श्रेष्ठले बताए । कृषकहरूलाई आवश्यक पर्ने कम्पोस्ट तथा प्राङ्गारिक मलखाद्य ,   जैविक तथा रसायनिक विषादी , उन्नत तथा गुणस्तर जातका बिउ विजन र विरुवाहरु , पशुपंक्षीलाई चाहिने दाना तथा भिटामिनहरु, मौरी पालनका लागि गोला सहितको घार तथा सम्पूर्ण कृषि औधारहरु कृषकहरूलाई सुपथ मूल्यमा उपलब्ध गराउने पनि प्रोप्राइटर श्रेष्ठले बताए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button