प्रहार समाचार । काठमाडौं ९ भदौ २०८१ आइतवार । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । आज देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको पाइएको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै कोशी, बागमती र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको न बुलेटिनमा उल्लेख छ । आज कोशी र मधेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




















