प्रहार समाचार । काठमाडौँ ६ भदौ २०८१ बिहिवार । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज घरेलु टोली नेपालले बंगलादेशलाई हराउन सफल भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशमाथि २-१ को जित निकाल्दै नेपाल समुह विजेताको रूपमा सेमीफाइनलमा प्रवेश गर्न सफल भएको हो। ग
पराजित बंगलादेश समुह उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।
























