प्रहार समाचार । तनहुँ ७ भदौ २०८१ शुक्रवार । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले बंगलादेशलाई हराउन सफल भएको प्रतियोगितका खेलाडी तनहुँका जुम्ल्याहा खेलाडी राम र लक्ष्मण सहभागि भई उत्कृष्भ ट खेल प्रदर्शन गरेका छन्।
तस्विर : सामाजिक संञ्जाल

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हिंजो बिहिवार भएको खेलमाजिल्ला बदिपुर गाँउपालिका वडा नं ४ बिमलनगर निवासी सिद्द गुफा युवा क्लबका खेलाडी रामले २ नम्बर जर्सी लगाएर राइट ब्याक पोजिसनमा सुरुवात गरेका थिए । उता लक्ष्मणले बेन्चबाट मैदान पस्दै मिडफिल्डमा रहेर उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । प्रतियोगितामा बंगलादेशमाथि २-१ को जित निकाल्दै नेपाल समुह विजेताको रूपमा सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ।
पराजित बंगलादेश समुह उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा तनहुँका खेलाडी राम र लक्ष्मणको सहभागिताले जिल्लाको शान बढेको खेलप्रेमीहरुको भनाई रहेको छ।

























